माननीय मुख्यमन्त्रीज्यूले आ.ब. २०७५/७६ को नीति, कार्यक्रम र बजेट कार्यान्वयनको लागि दिनु भएको निर्देशन
Submited By : ocmcm
यो प्रदेशमा संविधानको अनुसूची -४ बमोजिम नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम(पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरी बाह्र जिल्लाहरू रहेका छन । बाह्र जिल्लामध्ये पहाडमा ६ जिल्ला र तराईमा ६ जिल्ला रहेका छन् । यस प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी कूल १०९ वटा स्थानीय तहहरू रहेका छन । उत्तरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म, पूर्वमा त्रिवेणी सुस्तादेखि पश्चिममा राजापुरसम्म जम्मा १७,८१० वर्ग किलोमिटर भूभाग रहेको छ । नेपालको कूल क्षेत्रफलको १२.१ प्रतिशत हिस्सा ओगटेको छ । जनगणना २०६८ बमोजिम कूल जनसंख्याको ४५,४०,२२२(१७.१४ प्रतिशत) जनसंख्या रहेको देखिन्छ । यस प्रदेशको आफ्नै मौलिक विशषेता हुनुका साथै शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट तथा थुप्रै बुद्धकालीन ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरू यसै प्रदेशमा पर्दछन । एसियाकै ठूलो दाङ उपत्यका यो प्रदेशमा पर्दछ । संविधानको अनुसूची -४ मा उल्लेख गरिएका सात वटा प्रदेश मध्येको यो प्रदेशको नाम प्रदेश नं. ५ हो भने अस्थायी राजधानी बुटवललाई तोकिएको छ ।
Submited By : ocmcm
© Copyright 2018 - Office of the Chief Minister and Council of Ministers, Province No.5 - All Rights reserved