पृष्ठभूमि

नेपालको संविधानको धारा ५६ (१)ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था गरेको छ ।संविधानको उक्त प्रावधान बमोजिम यस प्रदेश नं. ५ को गठन भई प्रदेश सभा, प्रदेश मन्त्रिमण्डल र अन्य निकायहरूको गठन भएको छ । यस प्रदेशको प्रदेश सभाको पहिलो बैठक २०७४ साल माघ २१ गते बसेको थियो । मुख्यमन्त्री माननीय शंकर पोखरेल (नेकपा-एमाले) माननीय कुल प्रसाद के.सी. (माओवादी केन्द्र) र बैजनाथ थारू चौधरी(नेकपा-एमाले) रहेको तीन सदस्यीय मन्त्रिमण्डल मिति २०७४।११।०३ गते गठन भएको थियो । उक्त तीन सदस्यीय मन्त्रिमण्डल मिति २०७४।१२।०५ गते विस्तार भई ६ सदस्यीय भएको छ ।